Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

ओली कमरेडलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न भनिएको छ: नेता खनाल

Sunday, April 26, 2020 National Power


काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हट्न भनिएको खुलासा गरेका छन् । ओलीले पटक पटक गल्ती गर्दा सचेत गराउँदा पनि बेवास्ता गरेको भन्दै नेकपा अध्यक्ष र प्रधानमन्त्रीबाट हट्न भनिएको बताएका हुन् ।

‘ओली कमरेडलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न भनिएको छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पत्रकार  ऋषि धमलासँगको कुराकानीमा भने, ‘अब पार्टी र सरकार नयाँ ढंगले बढ्नुपर्ने अवस्था आएको छ ।’ खनालले ओलीबाट धेरै गल्ती भएको र पार्टीको निर्णयलाई बेवास्ता गरेको आरोप लगाए ।

नेकपाभित्र खनाल लामो समययता ओलीलाई सचेत गराउने नेतामध्ये पर्छन् । उनी पछिल्लो समय ओलीका कटु आलोचक थिए ।

यसअघि हिजो उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई पदबाट हटेर बालकोट मा आराम गर्न चेतावनी दिएका थिए । बालुवाटारमा भएको दुई नेताको भेटमा चर्काचर्की भएको थियो ।

नेकपाभित्र ओलीविरुद्ध बाँकी शक्तिशाली नेताहरु एकजुट भएपछि सत्ता संकट बढेको छ । ओली तत्काल राजीनामा दिने पक्षमा छैनन् । उनी त्यसको सामना गर्न तयार भइरहेका छन् ।-