Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बेलायतले कोरोना भाइरसविरूद्धको खोपको परिक्षण गर्ने

Wednesday, April 22, 2020 National Power

काठमाडौ – कोरोनाभाइरसविरूद्धको खोप बेलायतमा मानिसहरुमा परीक्षण गरिने भएको छ। बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय मा बिहीबारदेखि यो परीक्षण सुरू हुन लागेको हो।

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानकक ले मंगलबार कोरोना भाइरस विरूद्धको खोपको मानव परीक्षण गर्न लागिएको घोषणा गरेका हुन्। उनका अनुसार यो परीक्षणका लागि सरकारले अक्सफोर्ड विश्वविद्यालयलाई २० मिलियन पाउन्ड प्रदान गर्नेछ।

मन्त्री ह्यानककले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनमा खोपको विकासका लागि आशालाग्दो पहल भइरहेको बताए।

जसमा तीव्र गतिमा प्रगतिसमेत भइरहेको उनको भनाइ थियो। कोरोनाविरूद्धको खोप बेलायत सरकारको उच्च प्राथमितामा रहेको बताउँदै उनले यसका लागि बेलायतले अन्य देशको तुलनामा धेरै रकम लगानी गरेको दाबी पनि गरे। बेलायतमा खोप तयार भएको अवस्थामा पहिलो प्राथमिकता आफ्नै देशभित्र लाई दिइनेसमेत मन्त्री ह्यानककले उल्लेख गरे।

अक्सफोर्ड विश्वविद्यालयले आउँदो सेप्टेम्बरसम्म खोप तयार गरिसक्ने बताएको छ। विज्ञहरूले भने कोरोनाविरूद्धको खोप मानव परीक्षणको चरणसम्म आउनु सकारात्मक उपलब्धि भए पनि तत्काल आशा नै गरिहाल्ने आधार बनिनसकेको बताएका छन्। खोपको विकासका लागि महिनौं लाग्ने र परीक्षणका क्रममा सफल हुने सम्भावनाका साथै विफल हुने समेत उच्च जोखिम पनि रहेको उनीहरुको तर्क छ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १७ हजार माथी रहेको छ। पछिल्लो २४ घन्टामा मात्रै ८ सय २८ जनाले ज्यान गुमाएका छन्। बेलायतमा कोरोना संक्रमण १ लाख २९ हजार ४४ मा कोरोनाभाइरस को संक्रमण देखिएको छ।

लेखक : फनिन्द्र पाठक ( लण्डन)# setopati