Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

रुकुमबाट सोलुखुम्बुका मजदुरहरुको उद्धार

Wednesday, April 22, 2020 National Power

काठमाडौ – कोभिड १९ नामक भाईरसको कारण सिङ्गो विश्व नै अक्रान्त मात्र बनेन लामो समय देखि पुरै लकडाउनको अबस्थामा छ। नेपाल पनि त्यसको मारमा छ। रोजगारी तथा व्यापार ब्यबसायको लागि एक ठाउँबाट अर्को ठाउंँमा जाने यात्रुहरु रोकिएर आफ्नो गन्तव्यसम्म पुग्न नसके पछि सास्ती बेहोरि रहेका छन। त्यस्तै शिलशिलामा सोलुखुम्बु र ओखलढुंगा स्थाई घर भै केही समयदेखि अस्थाई रुपमा काठमाडौ बस्दै आएका ट्रेकिङ मजदुरी गर्ने मजदुरहरू रुकुममा अलपत्र परेका छन।

मदन राई थुलुङ दुधकोशी गाउँ पालिका, धन बहादुर मगर र दोर्जे राई माप्य दुधकोशी सोलुखुम्बु स्थाई घर भएकामा अर्का एक जना भिम मगर भने छिमेकी जिल्ला ओखलढुंगा का रहेका छन। बिगत लामो समय देखि लकडाउन को सिकार हुनु परेको र खाध्यन्न समेत अभाब भएपछी बासिकोट गाउंँपालिकाले राहात उपलब्ध गरेको थियो। अब भने ती सबै नेपालीसहित २ जना फ्रान्सेली नागरिकको उद्धार हुने भएको छ।

गत चैत्र २ गते काठमाडौबाट डोल्पा हुँदै बेनिसम्मको पैदल यात्रामा निस्केका मजदुर र पर्यटक लकडाउनको कारण चैत्र ११ गते देखि पस्चिम रुकुम बासिकोट गाउँ पालिका को सानिभेरी नदि किनारमा अलपत्र परेका हुन।

लकडाउन र अलपत्र परेपछी आफन्तहरुले स्थानिय सरकार, जिल्ला प्रशासन कार्यलय, र जिल्ला प्रहरी कार्यलयमा उद्धारको लागि आग्रह गरे पनि कुनै पनि निकायले चासो नदिए पछि अलपत्र परेका हुन। यसै बिच थुलुङ दुधकोशी गाउंँ कार्यपालिकाले निर्णय गरि गाउंँपालिका बाहिर अलपत्र परेका आफ्नो नागरिकहरुको स्थानिय सरकारले उद्धार गर्ने निर्णय सार्बजनिक भए सङ्गै आफन्तहरु गाउंँपालिका अध्यक्ष अशिम राईसङ्ग उद्धारको आग्रह गरेको थिए। आफन्तहरुको आग्रह लगतै गाउंँपालिका अध्यक्ष राईले पश्चिम रुकुमका प्रतिनिधि सभा सदस्या तथा माननीय पुर्व गृह, उर्जा मन्त्री जनार्दन शर्मासङ्ग आवस्यक समन्वय गरि उद्धार गर्न लाग्नु भएको हो। अब सबै प्रकृया पूरा गरि मजदुरहरु काठमाडौ फर्किने भएका छन।