Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन सक्छ : (डब्लुएचओ) महानिर्देशक डा. गिब्रियास

Wednesday, April 22, 2020 National Power

एजेन्सी – अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा.टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् ।

उनले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको नराम्रो रुप देख्नेछ ।’ उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरुद्दको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिए ।

मंगलबार जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा महानिर्देशक गिब्रियासले विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे । उनले भने, ‘यो अवस्था एकदमै खतरनाक अवस्था हो र अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लुको महामारी जस्तै हो, जुन फ्लुले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो । तर अहिले भने हामीसँग प्रविधि छ र यसको सहयोग लिएर हामी विपत्तिबाट बच्न सक्छौ ।’ उनले थप भने, ‘हामीलाई विश्वास गर्नुहोस्, यस प्रकोपलाई रोक्न सबै अघि बढौं, किनकि यो यस्तो भाइरस हो, जुन मानिसहरुले अझै बुझिसकेका छैनन् । हामीले सुरुदेखि नै चेतावनी दिँदै आएका छौ कि यस्तो सैतानका विरुद्द हामी सबै मिलेर लडनुपर्छ ।’

डा.टेड्रोस माइक्रोबायोलोजिष्ट पनि हुन् । उनी विश्व स्वास्थ्य संगठनको नेतृत्वमा आउनुअघि इथियोपियाका स्वास्थ्यमन्त्री थिए । उनलाई चीनको प्रयासमा विश्व स्वास्थ्य संगठनको नेतृत्वमा पुर्याएको आरोप अमेरिका लगायतका मुलुकहरुले लगाउँदै आएका छन् । –एजेन्सीको सहयोगमा