Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सेनाले चीनबाट ३ सय ४० टन स्वास्थ्य सामग्री ल्याउन गर्‍यो सम्झौता

Monday, April 20, 2020 National Power

काठमाडौ – नेपाली सेनाले चीनबाट ३ सय ४० टन औषधी खरिद गर्ने भएको छ। सेनाले जि टुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो।

स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको छ। सम्झौताअनुसार ३ सय ४० टन स्वास्थ्य सामग्री आउने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई जानकारी दिए।

आज सम्झौतामा हस्ताक्षर गरेर पठाइएको छ। उताबाट पनि हस्ताक्षर हुन्छ। अब रकम पठाउने काम मात्रै बाँकी हो, पाण्डेले भने, हामीले पैसा पठाएको सात दिनभित्र स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता चिनियाँ पक्षबाट भएको छ।

चीनबाट आउने स्वास्थ्य सामग्रीको मूल्य सोमबार मात्रै थाहा हुने उनले बताए। सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए।

३ सय ४० टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ। चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ।