Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सोलुखुम्बुका काग्रेस नेता प्रकाश सिंह कार्कीद्धारा कोरोना पिडितलाई राहत वितरण

Monday, April 13, 2020 National Power

काठमाण्डौ – नेपाली काग्रेस सोलुखुम्बुका काग्रेस नेता प्रकाश सिंह कार्कीले कोरोना भाइरसको कारणवाट सिर्जना भएको विसम परिस्थितीलाई मध्य नजर गदैँ सोलुखुम्बु स्थायी घर भै हाल काठमाण्डौ बसोवास गर्ने अति बिपन्न समुदायका २८५ परिवारलाई राहत बितरण गरेका छन। काठमान्डौँ को पेप्सिखोला, मेडिकल कलेज कोटेश्वर चाबहिल धुम्बाराही, निलोपुल कपन , लगायत आसपास बस्ने सोलुखुम्बु बासीहरुको समस्यालाई मध्यनजर गदै राहत सामाग्री वितरण गरेको उहाँले बताउनुभयो । हरेक परिवारलाई चामल, एक किलो दाल नुन, तेल लगायतका राहत सामाग्रीहरु वितरण गरिएको हो । उहाँले आफ्नै लगानीमा स्वेच्छिक रुपमा सहयोग गरेको भए पनि यो बेला राहात बितरणमा समेत पास लिएर बाहिर निस्किनु पर्ने र समयमा पास उपलब्ध नहुदा समस्या झेल्नु परेको बताउनु भयो।

कोरोनाको त्रासले सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका परिवारलाई साँझ बिहानको छाक टार्न समस्या नहोस् भन्नका लागि राहत दिइएको उहाँको भनाई छ । काठमाण्डौ बसेर अध्ययन गदै गरेका र खाध्य संकटको सामना गरिरहेको परिवारलाई सो सहयोग उपलब्ध गराएको बताउनुभयो । कार्की नेता मात्रै नभएर सोलुखुम्बुको एक प्रतिष्ठित उद्योगपती समेत हुन त्यस्तै उहाँले अन्य विभिन्न महत्वपूर्ण जिम्मेवारीमा समेत रहेर सेवा दिदै आउनु भएको छ। कार्की अहिले नेपाल फ्रेट फरवार्डरस एसोसियसनका अध्यक्ष, नेपाल इन्टर मोडल यातायात बिकाश समिती उद्योग बणिज्य तथा आपुर्ती मत्रालय साथै कार्यकारिणि समिती सदस्य सभापती स् निर्यात प्रबर्द्धन समिती नेपाल उद्योग बाणिज्य संघ मा समेत आबद्ध हुनुहुन्छ ।

सरकारले पनि विपन्नलाई विभिन्न सहयोगी मार्फत राहत बितरण गरेको थियो । राहत पाएपछि संकटको घडीमा पनि ब्याक्तिगत हिसाबले देखाएको सहानुभूति प्रति पिडितहरुले खुसी व्यक्त गरेका थिए। कार्किले कोरोनाको अलवा जिल्लामा विभिन्न समयमा समस्यमा परेका जनताहरुलाई उद्दार गर्दै आउनु भएको छ। अहिले जिल्लामा समस्या पर्दा हरेक नागरिकले उहाकै नाम लिने गर्नेगरेका छन । कार्कीले शिक्षा क्षेत्रमा समेत ठूलो लगानी गर्नु भएको छ। सदरमुकाम सल्लेरी मा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पसले सुरुगरेको मेची महाकाली अभियानलाई समेत १० लाख ब्यक्तिगत केही समय अगाडि सहयोग गर्नु भएको थियो। त्यस्तै लकडाउनले समस्यामा परेका बिपन्न र पीडित व्यक्तिहरुलाई सवैले सहयोग गर्नुपर्ने नेपाली काग्रेसकी नेत्री सरला छिरिङ राईले बताउनुभयो ।
नेता कार्कीसगैं राईले पनि विभिन्न क्षेत्रहरुमा निजि लगानिमा राहात बितरन गर्दै आउनु भएको छ। भने कार्कीले बितरन गर्नु भएको सम्पुर्ण राहात बितरणमा राईले नै समन्वय गर्नु भएको हो।