Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कोरोना रोकथामका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्छ : प्रचण्ड

Friday, April 10, 2020 National Power

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन्।

बिहीबार इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दल रहेको संयन्त्र बनाउनुपर्ने बताएका हुन्। उनले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताए।

‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु,’ प्रचण्डले भने, ‘सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ।

प्रचण्डले त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्ने आफूलाई लागेको पनि बताएका छन्।

‘मैले प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको छु, प्रचण्डले भने, ‘अरूको नेतृत्वमा होइन, प्रधानमन्त्रीकै नेतृत्वमा संरचना बनाउनुपर्छ।’

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच कम छलफल भएको भन्नेजस्ता विषय हालैको सचिवालय बैठकमा सचिवालय सदस्यहरूले राखेको पनि उनले बताए।