Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

सन्तोषको मर्मस्पर्शी गीत “मान्छेलाई देख्तानी मान्छेलेनै तर्सिनु पर्ने के होला”

Friday, April 10, 2020 National Power

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिएसँगै यसबाट सुरक्षित रहन र लकडाउनपछि घरभित्र बसेका आममानिसलाई आत्मबल र उत्साह थप्ने काम भइरहेका छन् ।

यसैक्रममा कलाकारहरुले आफ्नो कलामार्फत कोरोनाबाट बच्न जनचेतना जगाउँदै र लकडाउनपछि घरमा कैदीबन्दी जस्तो दिन बिताइरहेका मानिसलाई उत्साह थपिरहेका छन् ।

वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द सृजना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र चर्चित गायक विश्व नेपालीको स्वर रहेकोे जागरण तथा सन्देशमूलक गीत सार्वजनिक गरिएको छ ।

कोरोनाको त्रासका कारण मान्छेलाई देख्दा मान्छे नै तर्सिनु पर्ने सृजित अवस्थालाई समेटेर ‘मान्छेलाई देख्तानी मान्छेलेनै तर्सिनु पर्ने के होला’ बोलको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा देवेन्द्र नेवा:को सङ्गीत संयोजन, महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रन तथा मिश्रणमा तयार भएको श्रव्य गीतको दृश्य मिश्रण वीरेन्द्र भाट विपिनले गरेका छन् ।