Tuesday 15th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

कोरोना महामारीमा राजनीति नगर : डब्ल्यूएचओ

यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने
Thursday, April 9, 2020 National Power


काठमाडौं – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ ।

बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् ।

सीएनबीसीका अनुसार उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी पनि दिए ।

यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओ को आलोचना गरेका थिए । उनले डब्ल्यूएचओ लाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी दिएका थिए ।

बुधबार डब्ल्यूएचओको घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने बताए । एकता नदेखाउने हो भने विकसित मुलुकले भनै अझै धेरै समस्या र संकटको सामना गर्नुपर्ने उनको भनाइ थियो ।

उनले आफूमाथि पछिल्लो दुईरतीन महिना भन्दा लामो समयदेखि व्यक्तिगत रुपमा विभिन्न किसिमको आलोचना र आरोप लागिरहेको बताउँदै आफूले कहिल्यै पनि यसको वास्ता नगर्ने उल्लेख गरे ।

जनवरीको मध्यमा डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराएको थियो । जनवरी ३० मा डब्ल्यूएचओले यस विषयलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । जतिबेला यो भाइरस १८ मुलुकमा फैलिएको थियो र संक्रमितको संख्या पनि केवल आठ हजार दुई सय मात्र थियो । अहिले यो भाइरसका संक्रमितको संख्या १५ लाख नाघिसकेको छ भने ८८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ