काभ्रेपलान्चोक – सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा ११, थानाभर्याङले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेका विभिन्न २२ वटा टोल विकास संस्थाका वृद्द वृद्दालाई ५० वटाका दरले माक्स वितरण गरेको छ ।
कोरोना भाइरस(कोभिड १९) को संक्रमणको जोखिमबाट हेटौंडा ११ का बृद्द, बृद्दा, अशक्तता भएका तथा किन्न नसक्नेलाई माक्स सहयोग गरिएको केन्द्रका अध्यक्ष शालिकराम पुडासैनीले जानकारी दिए ।
वडाका २२ वटा टोलका गरी एक हजार जनालाई माक्स वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज गोपालबहादुर कार्कीले बताए ।
– लोक खबर बाट साभार