Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

बनेपा प्रहरीले आज लकडाउन उलंघन गरि हिडने ८० जनालाई गर्‍यो कार्वाही

Sunday, April 5, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ८० जनालाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको छ ।

 

बनेपा नगरपालिकाको बजार एरीयामा बिना काम लकडाउन उल्लंघन गरी हिड्ने ८० जनालाई इलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा लिई बनेपा न.पा-५ मा रहेको बनेपा प्राविधिक शिक्षालयको खेल मैदानमा सुरक्षित ब्यबस्था मिलाई कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कक्षा संचालन गरी लक डाउन सम्बन्धि जानकारी गराउदै अब उप्रान्त लकडाउन उल्लंधन नगर्ने शर्तमा छाडिएको छ ।

नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको थियो । कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको बेलामा अनावश्यक हिडढुल गरि लकडाउनको उलंघन गर्नहरु लाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो ।