Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

लकडाउन झनै कडा ९ जना संक्रमित , संख्या बढदै

Sunday, April 5, 2020 National Power

काभ्रेपलान्चोक – सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको हिजो (शनिबार) बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय
– लकडाउनलाई अझ पूर्ण पालना गराउन विभिन्न निकायले प्रभावकारी भूमिका निर्वाह गर्न र एक प्रदेशवाट अर्को, एक जिल्लाबाट अर्को र एक स्थानीय तहबाट अर्को तहमा आवागमन गर्न नदिने

– कैलाली, कञ्चनपुर र बागलुङमा सम्भावित सङ्क्रमितको छिटो विधिबाट परीक्षण गर्ने र सङ्क्रमणको आशङ्का भएकाहरूको पुनः परीक्षण गर्ने निर्णय

– स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन बीमाको व्यवस्थादेखि प्रोत्साहन भत्ता दिने तथा स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने

– स्वास्थ्यकर्मीलाई सुरक्षाको व्यवस्था गर्ने’