Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

पनौती नगरपालिकालाई अनेरास्ववियू काभ्रेको सहयोग

Thursday, April 2, 2020 National Power

 

काभ्रे – कोभिड-१९ को महामारीबाट विश्व आक्रान्त बनिरहेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । उक्त महामारीबाट बच्न सरकारले विभिन्न खालका कदम चालिरहेको छ । सरकार नागरिकको स्वास्थ सुरक्षाको लागि लक डाउन गर्दै नागरिकहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको र लकडाउनको समय थप गरिएको अवस्थामा आफ्नो दैनिकी गुजारा गर्न कठिन भएका परिवारलाई राहत बितरण कार्यमा अनेरास्ववियू काभ्रेले अभियान संचालन गरेको छ ।

बुधबार बनेपा नयाँ बस्तीमा ४० परिवारलाई र प्राधिकरण चोकमा १ गरि ४१ ज्यालादारी मजदुर परिवारलाई राहत वितरण गरेको अनेरास्ववियू काभ्रेले बिहीवार पनौती नगरपालिकालाई राहत सहयोग गरेको छ ।

यो बिपदको समयमा काभ्रेका अन्य नगरपालिका भन्दा व्यवस्थित र छिटोछरितो तरिकाले योजनाबद्ध रूपमा काम गर्दै आएको पनौती नगरपालिकाले बुधबार विपद व्यवस्थापन समितिको राखी राहतलाई एक द्वार प्रणाली अन्तर्गत संचालन गर्ने, जसका लागि नगरपालिकाका प्रप्रअ को संयोजकत्वमा राहत सहयोग संकलन केन्द्र (फुड बैंक) स्थापना गर्ने र १७ प्रकारको दैनिक उपभोग्य सामाग्रीहरु तत्कालको लागि प्रत्येक वडामा १० घरधुरी अति बिपन्न परिवारलाई दिने निर्णय गरेको थियो ।

अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्माले नगरपालिकाले तयार पारेको सुचि अनुसार एकवटा वडालाई पुग्ने राहत सामाग्री पनौती नगरपालिकाको राहत सहयोग संकलन केन्द्र (खाद्य भण्डार) प्रमुख तथा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा नगरपालिकाले राहत वितरणमा अन्य नगरपालिका भन्दा पहिले व्यवस्थित रुपमा संकलन केन्द्र स्थापना गरि एकद्वार प्रणाली अनुसार वितरण गर्न लागेकोमा खुसी व्यक्त गर्दै बास्तबिक बिपन्न वर्गले राहत पाउनबाट बन्चित नहोस् भन्ने अनुरोध गर्नु भएको थियो । राहत सामाग्री बुझ्दै प्र प्र अ इन्द्रप्रसाद अधिकारीले यो बिपदलाई सबै मिलेर सामना गर्नु पर्ने र नगरपालिकाले आवश्यक कदम चालिरहेको बताउदै सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भयो ।

आजै उक्त सामाग्री पनौती नगरपालिका मार्फत वडा नं १ मा वितरण कार्यक्रम पनि सम्पन्न भएको छ । राहत वितरण कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, वडा नं १ अध्यक्ष गुणनाथ सापकोटा, नेकपा नेता रामचन्द्र सापकोटा, अनेरास्ववियू काभ्रे अध्यक्ष उपेन्द्र शर्मा, अनेरास्ववियू जिल्ला नेताहरु लगाएतको उपस्थिति रहेको थियो ।