Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

इप्रका बनेपा प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा लकडाउन उलंघन गर्ने १२२ जनालाई कार्वाही

Tuesday, March 31, 2020 National Power

काभ्रेपलान्चोक –  बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका १२२ जनालाई ईलाका प्रहरी कार्यलयका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको छ ।

बनेपा नगरपालिकाको बजार एरीयामा बिना काम लकडाउन उल्लंघन गरी हिड्ने १२२ जनालाई इलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा लिई बनेपा न.पा-५ मा रहेको बनेपा प्राविधिक शिक्षालयको खेल मैदान र बनेपा बसपार्कमा सुरक्षित ब्यबस्था मिलाई कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कक्षा संचालन गरी लक डाउन सम्बन्धि जानकारी गराउदै अब उप्रान्त लकडाउन उल्लंधन नगर्ने शर्तमा छाडिएको छ ।

लकडाउन सुरुभए देखि हालसम्म दुईपाङ्ग्रे-२४२ र चारपाङ्ग्रे-१७ गरी जम्मा २५९ सबारी साधनलाई कार्बाही गरी छाडिएको ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।