Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

इप्रका बनेपा प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा लकडाउन उलंघन गर्ने १२२ जनालाई कार्वाही

Tuesday, March 31, 2020 National Power

काभ्रेपलान्चोक –  बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका १२२ जनालाई ईलाका प्रहरी कार्यलयका बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको छ ।

बनेपा नगरपालिकाको बजार एरीयामा बिना काम लकडाउन उल्लंघन गरी हिड्ने १२२ जनालाई इलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा लिई बनेपा न.पा-५ मा रहेको बनेपा प्राविधिक शिक्षालयको खेल मैदान र बनेपा बसपार्कमा सुरक्षित ब्यबस्था मिलाई कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कक्षा संचालन गरी लक डाउन सम्बन्धि जानकारी गराउदै अब उप्रान्त लकडाउन उल्लंधन नगर्ने शर्तमा छाडिएको छ ।

लकडाउन सुरुभए देखि हालसम्म दुईपाङ्ग्रे-२४२ र चारपाङ्ग्रे-१७ गरी जम्मा २५९ सबारी साधनलाई कार्बाही गरी छाडिएको ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।