Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

Tuesday, March 31, 2020 National Power

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले कोभिड–१९ का सम्बन्धमा जथाभावी बोल्नाले जनमानसमा नकारात्मक सन्देश गएकाले स्वास्थ्यकर्मी तथा विभिन्न व्यक्तिलाई निजी धारणा बनाई नबोल्न आग्रह गरेको जानकारी दिए ।
‘स्वास्थ्यकर्मीको निजी धारणा र अनुभव सामाजिक सञ्जालमा सार्वजनिक भइरहकामा यस्ता निजी धारणा र अनुभवले जनतामा भ्रम सिर्जना गरेको हुँदा कुनै पनि स्वास्थ्यकर्मीले मन्त्रालय वा विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेका सूचना सामग्रीभन्दा फरक नहुने गरी कोभिड–१९ सँग सम्बन्धित धारणा नगर्न र नगराउन अनुरोध गर्दछौँ’, उनले पत्रकार सम्मेलनमा भने ।
यसैगरी उनले अहिले कुनै पनि रोगले मानिसको मृत्यु भए पनि त्यो कोरोनाको कारणले भयो भन्ने प्रचार भएकाले त्यसो नगर्न समेत सञ्चारमाध्यमलाई अनुरोध गरे । ‘अरु रोगले मान्छेको मृत्यु भयो भने अहिले कोरोनाको कारणले भन्ने गरिएको छ,’ उनले भने, ‘नेपालमा अहिलेसम्म कोरोनाको कारणले कोही मरेको छैन । सङ्क्रमण भएकाको अवस्था सामान्य रहेको छ ।’ उनले अन्य मुलुकमा जस्तो नेपालमा कोरोनाको सङ्क्रमण नफैलिएको भन्दै विदेशबाट फर्किएकालाई माया गरी राम्रोसँग होम क्वारेन्टाइनमा राख्ने हो भने कोरोना नफैलिने बताए ।
पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवारको परीक्षण गर्दा सङ्क्रमण नदेखिएकाले उनीहरुको निगरानी (कन्ट्याक ट्रेसिङ) गरिएको जानकारी गराए । नेपालमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । उनले अहिलेसम्म ९९३ को नमूना परीक्षण गरिएको र ७८ को नतिजा आउन बाँकी रहेको जानकारी दिए । उनले अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना आइसोलेसनमा रहेको जानकारी दिए । यसैगरी सातवटै प्रदेशमा रहेका अस्पतालमा ९३ आइसोलेसनमा रहेका छन् ।
प्रवक्ता देवकोटाले पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर निधन भएका तीन जनाको कोभिड–१९ को परीक्षण गरिएको र अहिलेसम्म रिर्पोट नआएको बताए । उनका अनुसार वीरमा रहेका एक जना उच्च रक्तचाप र अर्को एक जनाको ज्वरोको कारणले निधन भएको हो । उनका अनुसार धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ जनाको नमूना परीक्षण भइसकेको छ ।
उनले बाहिरी मुलुकबाट नेपाल आएका ४१ हजार १४० को नाम स्थानीय तहले उपलब्ध गराएको जानकारी दिए । नमूना परीक्षणका लागि चाहिने मेशिनको परीक्षण गरी सातवटै प्रदेशमा पठाउने तयारी गरिएको उनले बताए ।

#RSS