Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

टेलिकमले रिचार्जमा ब्यालेन्स बराबरको बोनस दिने

Wednesday, March 25, 2020 National Power

 

काभ्रे – नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । टेलिकमले बुधवार रातको १२ बजेपछि लागु हुने गरी उक्त निर्णय कार्यान्वयन हुने जनाएको छ ।

कोरोनाको संक्रम फैलनबाट रोक्न सरकारले एक हप्ता लकडाउन गर्ने निर्णय गरेपछि ग्राहकलाई रिर्जाज कार्ड किन्न समेत समस्या भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकहरुलाई घर बाहिर निस्कन अप्ठायारो भएको भन्दै रिचार्ज बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार निर्देशन दिएको थियो ।

नेपाल टेलिकमले उपलब्ध गराउने बोनस ब्यालेन्स रकम आफ्नो नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिनेछ । नेपाल टेलिकमकाअनुसार अन्य नेटवर्कमा गर्दा भने मुख्य ब्यालेन्सबाटै पैसा काटिनेछ । बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ ।