Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सजग बनौ ईटाली र स्पेन बन्न नदिउ,आफन्तको लाश पनि हेर्न पाईदैन

लेखक( किरण प्रसाद अधिकारी) सुन्दरादेवी साप्ताहिक का सम्पादक हुनुहुन्छ ।
Wednesday, March 25, 2020 National Power

काठमाण्डौ- विश्व नै यति बेला आक्रान्त बनिरहेको छ ।चीनको बुवान प्रान्त देखि शुरु भएको कोरोना भईरस (कोभीड-१९)यतिबेला बिश्वको प्राय सबै रास्ट्रमा फैलिसकेको छ ।के शक्तिशाली के मध्यम अनि के गरिब रास्ट्र यसले केहि हेरेको छैन ।धनि र गरिब ,ठुलो साना केहि नहेरी यसले आक्रमण गरिरहेको छ ।अहिले यसको असर दिनानुदिन बढ्दै गएको छ ।यो लेख तयार गर्दा सम्म विश्व भर ४ लाख आठ हजार आठ सय बयानब्बे जना संक्रमित भईसकेका छन् भने १८ हजार दुई सय उनान्साठीको मृत्यु भईसकेको छ ।त्यसैगरी १ लाख सात हजार ७३ जनाको सफल उपचार भएको छ ।
हाम्रो देशमा हालसम्म तिन जना सक्रमित फेला परेको छ भने एक जनाको सफल उपचार भईसकेको छ भने दुई जनाको उपचार भईरहेको छ ।अहिले प्राय सबै देश नै यसको विरूद्द लडिरहेका छन् ।हामि नेपालि र नेपाल पनि यस बिरुद्द लडिरहेको कुरा कसैबाट छिपेको छैन ।तर हामि नेपाली यसलाई हल्का रुपमा लिईरहेको छौ कि भन्ने महसुस भईरहेको छ ।सरकारले सक्रमण नहोस भनेर एक हप्ता लकडाउन घोषणा गरेको छ ।कसैलाई पनि घर देखि बाहिर ननिस्कन भनेको छ ।तर हामि नेपालि जनता मुर्ख बनिरहेको छौ। हामीले सोचेका छैनौ भोलिको अवस्था के हुन्छ।हाम्रो सानो गल्तीले भोलि आफु र आफन्तमा त्यस्तो केहि भईहाल्यो भने न त नजिक जान पाइन्छ न छुन पाईन्छ ।मलामी समेत जान पाईदैन ।
हाम्रो सुरक्षाको लागि र उपचारको लागि सिमित स्रोत साधन लिएर सुरक्षाकर्मी दाजु भाई तथा दिदि बहिनीहरु सडकमा आउनु भएको छ ।सर्बसाधारणको सुरक्षाको लागि उनीहरु सडकमा बसेर अनुरोध गरिरहेका छन ।हामि भने सरकारको अनुरोध नसुनी सडकमा निस्किञ्छौ ।सुरक्षाकर्मिले सम्झाउदा उल्टै उनीहरुलाई गाली गर्न थाल्छौ।त्यसैगरी चिकित्सकहरु पनि आफुलाई सक्रमण हुने डर भएर र सुरक्षा हुने साधन स्रोत नहुदा पनि खटिरहेका छन । तर हामि नेपालि भने उनीहरुको खटाईलाइ पैसासंग जोदिरहेका छौ ।
सरकारले पनि कडाईको साथ नियम लागु गर्न सकेको छैन ।विश्वको शक्तिशाली रास्ट्रहरुले घुडा टेकिसकेको अवस्थामा हामि भने नेपालिले संजीवनी बुटी खाको छौ यो भाईरसले केहि पनि गर्न सक्दैन भन्ने सोच राख्दै छौ ।एक हप्ता घर भित्र नै बस्नुस ,रोग लाग्न नदिनुस् भनेर भन्दा पनि हामि अटेर गरिरहेको छौ ।पशुपतिनाथले रोक्छन अनि देबी देउता भएको देश हाम्रो केहि हुदैन भन्ने सोचाईको साथ हिड्ने हामीलाई के भन्ने ।हे पशुपति नाथ हामि नेपालिलाई बुद्दि दिनुस ।भोलि गैर देशलाई ईटाली र स्पेन बन्न नदिउ ।
केहि दिन अगाडी सम्म ईटालीको जनताले पनि यसलाई हेपेका थिए ।सरकारले लकडाउनको घोषणा गर्दा अटेर गरेर बाहिर आए अहिले त्यसको नियति उनीहरुले भोगिरहेका छन् ।स्पेनले पनि त्यहि गति भोग्दै छ।

अमेरिका जस्तो रास्ट्र पनि त्यसै बिरुद्द लड्दै छ ।हामि आफै सजग बन्नु पर्ने स्थितिमा आफै लापरबाहि गर्छौ।यदि तपाईलाई र तपाइको परिवारलाई केहि भयो भने सामाजीक रुपमा पनि टाढा हुनुपर्ने देखिन्छ ।
हामि अरुले के गर्छ भनेर नबसौ ,चिनले जसरि ७० करोड जनता घरमा थुनेर राख्न सफल भयो ,जनता अनुशासित बने अहिले लगभग यो रोगबाट चिनले सफलता पाएको छ ।
बेलैमा सोचौ ,बेलैमा बचौ,कोरोना भाईरस देखि आफु पनि बचौ ,अरुलाई पनि बचाउ ।