Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

अस्पतालको रकम कोरोना संकमणमा सहयोग गर्ने युवा नेता तथा समाजसेवी दिपकको घोषणा

Tuesday, March 24, 2020 Devil Singh Rajput

 

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी दिपक डोटेलले आफ्नो शेयर रहेको मध्यपुर अस्पतालबाट शेयरबापत (कोरोना संक्रमित अवधिभर ) प्राप्त हुने रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

 

 

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणका कारण आम नेपाली मात्र नभई विश्व समुदाय नै एक ढिक्का हुन अपरिहार्य रहेको औंल्याउँदै उहाँले नेपालमा रहेका सरकारी अस्पताल मात्र नभई नीजि लगानीमा सञ्चालनमा रहेका अस्पताल तथा मेडिकल सेन्टरहरुले समेत संकटको बेला सरकारलाई साथ दिनुपर्नेमा जोड दिनुभयो ।

 

संकटको समयमा सरकारलाई हातमा हात, काँधमा काँध मिलाई संक्रमणको विरुद्धमा लाग्ुनपर्ने समयमा विभिन्न बहानामा कालोबजारी भएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्य नै नरहे सम्पत्तीको कुनै अर्थ नरहेकोले सबै व्यक्ति संस्था तथा जिम्मेवार निकायले संकटको आगोमा घ्यु थप्ने नभई मानवताको भावनाबाट अघि बढ्न आग्रह गर्नुभयो ।

 

लामो समयसम्म सामाजिक क्षेत्रमा आफ्नो जीवन व्यतित गर्नुभएका समाजसेवी तथा नेता डोटेलले सडकमा रहेका मानिस तथा बालवालिकाको संरक्षण तथा संमद्र्धनमा समेत विशेष योगदान पुर्याउनुभएको छ । उहाँले हाल पनि ७ जना वालवालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्न सहयोग गरिरहनुभएको छ ।

 

  1. आफ्नो स्थापनाको ९ वर्ष पुरा गरेको मध्यपुर अस्पतालमा १०० शैयाको बेड रहेकोमा हाल कोरोना भाइरस विरुद्धको तयारीको लागि १० बेडको व्यवस्थापन गरेको छ । त्यस्तै अस्पतालले वृद्धा, असहाय, सडक वालवालिकाको लागि पनि ८ वटा बेडको निशुल्क व्यवस्था गरेको छ भने वृद्धा, असहाय, सडक वालवालिकाको निशुल्क उपचार समेत गर्ने गरेको छ ।