Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

संगीतकर्मी संघले स्थापना दिवस कोरोना विरुद्धको अभियानको रुपमा मनाउने

Monday, March 23, 2020 National Power

बनेपा – राष्ट्रिय संगीतकर्मी संघले बैशाख ११–१३ गते काठमाडौको टुडिखेलमा गरिने भनिएको राष्ट्रिय लोक दोहोरी तारा २०७७ कोरोना भाइरसको कारण हाललाई स्थगित गरेको छ ।

चैत ४ गते केन्द्रीय कार्यालय कोटेश्वर अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले अनुकुल बाताबरण हुने साथै गर्ने गरी मिति आगामी बैठकमा तय गर्ने निर्णय गरिएको छ । सस्थाको पन्धौ स्थापना दिवस चैत्र २१ गते केन्द्र प्रदेस र सम्पुर्ण जिल्ला शाखाहरुमा कोरोना भाइरलको कारण जनचेतना फैलाउन मद्दत पुग्ने गरि मनाउने निर्णय गर्दै सबै प्रदेश र जिल्लालाई तेहि अनुसार मनाउन जानकारी गराइएको छ ।

सोहि बैठककै दिन गायिका शर्मिला श्रेष्ठ र गायक दिनेश लामाको जन्मदिन पनि मनाईएको थियो । संगीतकर्मी संघको आगनमा चैत ४ गते परेको जन्मदिनको उपलब्यमा सामुहिक केक काट्दै संघका पदाधिकारीहरुले शुभकामना दिएर मनाएका हुन ।
संघकी केन्द्रिय सचिव समेत रहेकी गायिका शर्मिला र काभ्रे जिल्ला शाखा सचिव दिनेशलाई संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले अझ धेरै दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनु् भन्दै शुभकामना दिएका थिए । गायिका शर्मिला र गायक दिनेशले संघका पदाधिकारी सँगै आफूलाई सामाजिक सञ्जाल तथा बिभिन्न माध्यमबाट शुभकामना दिने सबैलाई धन्यवाद दिएका थिए ।