Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

कोरोना आशंका गरिएका धनुषाका एक युवकको रिपोर्ट नेगेटिभ

Sunday, March 22, 2020 National Power

जनकपुरधाम –  धनुषामा कोरोना संक्रमणको आशंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ । हालै मलेसियाबाट फर्केका जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयाका ती युवकलाई जानकी शिक्षण अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

उनको रगत र पिसाब जाँचका लागि काठमाडौं पठाएकोमा रिपार्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य नर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए । ‘नमूना संकलन गरी काठमाडौं पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।