Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

भ्रामक र कपोकल्पित अडियो : नर्भिक अस्पताल

Saturday, March 21, 2020 National Power

काठमाडौं –  नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी कोही पनि फेला नपरेको सो अस्पतालले जनाएको छ । सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको अस्पतालको भनाइ छ । यसअघि सामाजिक सन्जालमा नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको अफवाह फैलिएको थियो ।

अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले शनिबार विज्ञप्ति जारी गर्दै अफवाह फैलाउनेलाई कडा ‘सामाजिक कारवाही’ गर्न माग गरेका छन् । उनले यसलाई सामाजिक अपराध भनेका छन् ।

मैनालीका अनुसार नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एकजुट भइ समस्यासँग लड्नुपर्ने बेलामा भ्रम फैलाइएकोप्रति खेद प्रकट गरेका छन् । भ्रामक अडियोबाट अफवाह फैलाउने व्यक्तिबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।