Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सरकारको निर्णयको स्वागत गर्दै संघले सबै हल बन्द गर्न निर्देशन

Friday, March 20, 2020 National Power

काठमाडौँ — सरकारले वैशाख १८ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेसँगै अलमलमा रहेका नयाँ फिल्मको प्रदर्शन टरेको छ । कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियमलगायतका मनोरञ्‍जन स्थल बन्द गर्ने निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै चैत २८ गते प्रदर्शनमा आउने प्रेमगीत ३ु र चपली हाइट ३ुको प्रदर्शन मिति सरेको छ । सरकारको निर्णयपछि प्रेमगीतका निर्माता सन्तोष सेनले फेसबुकमा आफूहरुलाई अब झन् समय मिलेको भन्दै ट्रेलर र गीत उपयुक्त समयमा रिलिज गर्ने लेखेका छन् ।

यसअघि म यस्तो गीत गाउँछु २ु, नीरफूलुले प्रदर्शन मिति सारिसकेका छन् । कोरोनाकै कारण शिवहरि पौडेल निर्देशित फिल्म लक्का जवानु पनि पछाडि धकेलियो । हल नै बन्द भएपछि वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हिरो रिटर्न्सु, हिजोआजका कुराु स्वत सर्ने भएका छन् ।

सरकारको यो निर्णयको चलचित्र क्षेत्रले सकारात्मक रुपमा लिएको छ । प्रदर्शकहरुको संगठन चलिचत्र संघका अध्यक्ष मधुसुदन प्रधानले सरकारको निर्णयको स्वागत गर्दै संघले सबै सदश्यलाई हल बन्द गर्न निर्देशन दिएको बताए ।