Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सरकारको निर्णयको स्वागत गर्दै संघले सबै हल बन्द गर्न निर्देशन

Friday, March 20, 2020 National Power

काठमाडौँ — सरकारले वैशाख १८ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेसँगै अलमलमा रहेका नयाँ फिल्मको प्रदर्शन टरेको छ । कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियमलगायतका मनोरञ्‍जन स्थल बन्द गर्ने निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै चैत २८ गते प्रदर्शनमा आउने प्रेमगीत ३ु र चपली हाइट ३ुको प्रदर्शन मिति सरेको छ । सरकारको निर्णयपछि प्रेमगीतका निर्माता सन्तोष सेनले फेसबुकमा आफूहरुलाई अब झन् समय मिलेको भन्दै ट्रेलर र गीत उपयुक्त समयमा रिलिज गर्ने लेखेका छन् ।

यसअघि म यस्तो गीत गाउँछु २ु, नीरफूलुले प्रदर्शन मिति सारिसकेका छन् । कोरोनाकै कारण शिवहरि पौडेल निर्देशित फिल्म लक्का जवानु पनि पछाडि धकेलियो । हल नै बन्द भएपछि वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हिरो रिटर्न्सु, हिजोआजका कुराु स्वत सर्ने भएका छन् ।

सरकारको यो निर्णयको चलचित्र क्षेत्रले सकारात्मक रुपमा लिएको छ । प्रदर्शकहरुको संगठन चलिचत्र संघका अध्यक्ष मधुसुदन प्रधानले सरकारको निर्णयको स्वागत गर्दै संघले सबै सदश्यलाई हल बन्द गर्न निर्देशन दिएको बताए ।