Saturday 5th October 2024

    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार

Friday, March 20, 2020 National Power

काठमाडौं – महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

इटली र चीनपछि मध्यपूर्वको देश इरान कोरोनाबाट प्रभावित बनेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै १ सय ४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या इरानमा १ हजार २ सय ८४ पुगेको छ । मृत्यदुरका हिसाबले स्पेन चौथो नम्बरमा छ । यहाँ हालसम्म ८ सय ३१ मानिसको ज्यान गएको छ । उपचारका क्रममा बिहीबार मात्रै १९३ ले ज्यान गुमाए ।