Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

घर बहालमा ५० प्रतिशत छुटसँगै कर्मचारीको आधा तलब बेहोरिदिन होटल व्यवसायीको माग

Thursday, March 19, 2020 National Power

काठमाडौं । होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको आधा तलब सामाजिक सुरक्षा कोषबाट बेहोरिदिन सरकारसँग माग गरेका छन् । विश्वव्यापी रूप लिएको कोरोनाले व्यापार व्यवसाय घटेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले यस्तो माग राखेका हुन् ।संघले बुधबार विज्ञप्ति जारी गर्दै कार्यरत कर्मचारीहरूको ५० प्रतिशत तलब सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराइदिन आग्रह गरेको छ । बाँकी आधा तलब भने आफूहरूले नै बेहोर्ने संघको भनाइ छ ।

‘होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरूले पाउने मासिक तलब सुविधामध्ये ५० प्रतिशत सम्बन्धित व्यवसायीले र बाँकी ५० प्रतिशत तलब सुविधा सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइदिनुहुन आग्रह गर्दछौं,’ होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वागमगी प्रदेशले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।व्यवसायीहरूले बैंकसँग लिएको ऋण तिर्न समस्या भएकाले यसमा पनि सहुलियतको माग राखेका छन् । बैँकसँग लिएको ऋणको किस्तामा व्यवसायीले सहुलियत मागेका हुन् ।

घर बहालमा ५० प्रतिशत छुटसँगै होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाइएका सम्पती कर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरूमा छुटको व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन् । साथै सरकारसँग पानी, विजुली लगायतका महशुलमा पनि ५० प्रतिशत छुट माग गरिएको छ । संघ बागमती प्रदेशका १३ वटै जिल्लाका ठूला, मझौला तथा साना होटल तथा पर्यटन व्यवसायीहरूको संगठन हो । यसमा २६ वटा संघहरु आबद्ध छन् ।