Thursday 13th November 2025

    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक 

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट २१ वर्षीय फुटबल प्रशिक्षकको मृत्यु

Tuesday, March 17, 2020 National Power

म्याड्रिड — स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट सोमबार मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै रक्तअल्पताबाट ग्रसित रहेको चिकित्सकले जानकारी दिएका छन् । रक्तअल्पताका रोगी नभएको भए उनलाई बचाउन सकिने कुरा पनि चिकित्सकले जनाएका छन् । उनलाई मालागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको संक्रमण भएको उनलाई चिकित्सकहरुले बचाउन सकेनन् । मालागा क्षेत्रमा कोरोनाबाट संक्रमित हुने उनी पाँचौ र युवामध्येबाट पहिलो व्यक्ति हुन् ।

गार्सिया सन् २०१६ बाट ‘एट्लेटिको पार्ताडा अल्टा’ मा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए । उनको मृत्युसँगै क्लबले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी तिमीलाई कहिल्यै बिर्सने छैनौं । तिम्रो आत्माले शान्ति पाओस् ।’