Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

गीतकार मेहताको “जंगल के रानी” सार्वजानिक

Friday, March 13, 2020 National Power

काठमाण्डौ  – गीतकार, कलाकार एवं राष्ट्रसेवक कर्मचारी झोटन मेहताको शब्दमा रहेको भोजपुरी भाषाको गीत “जंगल के रानी” को भिडियो यूटुद्यव मार्फत सार्वजनिक भएको छ ।


मेगा म्युजिकको यूटुद्यव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा दिपक शर्मा र बविता श्रेष्ठको स्वरमा रहेको गीतमा रामबाबु पटेलको संगीत रहेको छ ।
रोमान्टीक जनरामा वनेको उक्त गीतलाई गीतकार मेहताले नैे निर्देशन गरेका छन् । भिडियोलाई उद्धव वलीले छायाँकन गरेका हुन् भने देवराज आचार्यले सम्पादन गरेका छन् ।
भोजपुरी भाषामा बनाईएको उक्त गीतमा माया प्रेमका शब्दहरुलाई उठान गरिएको छ, भिडियोमा सम्झना कार्की र देब राज आचार्यलाई देख्न सकिन्छ ।

झोटनले यस अघि दर्जनौ गीतहरुलाई दर्शक श्रोताहरु माझ ल्याई सकेका छन् भने नेपाली तथा भोजपुरी भाषाको चलचित्र फेक फ्रेण्डलाई पनि दर्शकहरु माझ ल्याउने तयारी गरिरहेका छन् ।