Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

फिल्मीखबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा

Friday, March 13, 2020 National Power

काठमाडौं – विगत ११ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आइरहेको फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरी सम्मान एवं पुरस्कार प्रदान गर्दै आएको फिल्मीखबर चलचित्र वर्ष व्यक्ति एवं फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार घोषणा गरेको छ । फिल्मिखबर विगत ११ वर्षदेखि नियमीत रुपमा प्रकाशन हुँदै आइरहेको नेपालको एकमात्र फिल्मी साप्ताहिक हो ।
फिल्मीखबर चलचित्र वर्ष व्यक्ति सम्मान प्रदिप भट्टराई र मेलिना राईलाई
फिल्मीखबर चलचित्र वर्ष व्यक्तिका रुपमा यस पटक पुरुष तर्फ निर्देशक प्रदीप भट्टराई र महिला तर्फ गायिका मेलीना राई चयन भएको फिल्मीखबर साप्ताहिकले घोषणा गरेको छ । थुप्रै टेलिचलचित्रमा कार्यगत अनुभव बटुली चलचित्रमा प्रवेश गरेका प्रदीप भट्टराईलाई क्रमश जात्रा, शत्रुगते एवं जात्रै जात्राको ह्याट्रिक सफलता सँगै यस वर्ष सफल चलचित्र जात्रै जात्राका आधारमा चयन गरिएको फिल्मीखबरले बताएको छ । भट्टराई यतिखेर चर्चित टेलिभिजन रियालिटी शोमा निर्णायक रहेका छन् भने जात्रा सिरिजको नयाँ चलचित्र लेखन कार्यमा छन् । त्यस्तै पाश्र्व गायन यात्राको पहिलो गीत कम्मरमाथी पटुकी ९नाइ नभन्नु ल – २० देखि निरन्तर रुपमा पाश्र्व गायनमा सफल मेलीना राईलाई यस वर्षको महिला तर्फको वर्ष व्यक्तीमा चयन गरेको फिल्मीखबरले बताएको छ । चलचित्र गीत, आधुनिक एवं लोक गीत जताततै उनको व्यस्तता, सफलता, लोकप्रियतालाई आधार मान्दै मेलीना राईलाई चयन गरिएको फिल्मीखबरको कथन छ ।


फिल्मीखबर सविन स्मृती रङ्ग पत्रकारिता पुरस्कार सुमन पण्डित ‘वैरागी’ लाई
गतवर्षबाट फिल्मीखबर साप्ताहिकले वरिष्ठ रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार यस वर्ष रंग पत्रकार सुमन पण्डित ‘वैरागी’लाई प्रदान गरिने घोषणा फिल्मीखबरले गरेको छ । विगत डेड दशकभन्दा लामो अवधिदेखि रंग पत्रकारितामा सक्रिय रुपले संलग्न रही हाल उनि म्यूजिक खबर डटकम र म्यूजिक खबर पाक्षिकमा प्रधान सम्पादक रहेका छन् । श्रम बुलेटिन साप्ताहिकबाट पत्रकारिता शुरु गरेका सुमनले अन्य छापा तथा अनलाइन सञ्चारगृहमा अनुभव बोकेका छन् । पत्रकारिताका माध्यमबाट थुप्रै सम्मान तथा पुरस्कार पनि पाएका सुमनको रङ्ग पत्रकारितामा सक्रियताको मूल्यांकन गर्दै फिल्मीखबरले प्रमाणपत्र एवं नगद राशी ११०११।– (एघार हजार एघार रुपैया मात्र) सहित फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको छ ।
वार्षिकोत्सवकै दीन कार्यक्रम गरि सम्मान एवं पुरस्कार प्रदान गर्दै आएकोमा यस पटक कोरोना प्रकोपका कारण केहि दिन पछी कार्यक्रम गरि सम्मान र पुरस्कार प्रदान गरिने फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले बताएका छन् ।