Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कोरोनाभाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ३६६ पुगेको छ

Monday, March 9, 2020 National Power

एजेन्सी- कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।

यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र क्वारेन्टाइनमा रहेको बताएका छन्। संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।

उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ। विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ।