Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

बरिष्ट समाजसेवी सुमित्रा बस्नेत सम्मानित

Sunday, March 8, 2020 National Power

काठमाडौँ – बरिष्ट बित्तियकर्मि तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत राष्ट्रिय आदर्श नारि सम्मान-२०७६ बाट सम्मानित भएकी छिन ।

११० औं अन्तराष्ट्रिय महिला दिबसको अवसर पारेर बिगत दुइ दशक देखि अत्यन्तै निष्ठा र समर्पणको साथ आर्थिक, ब्यबसायिक तथा सामाजिक क्षेत्रमा सक्रियतापुर्बक लागि नेपालि नगारिक समाजमा आफुलाई निष्ठापुर्बक समर्पित गर्दै आएको र आफु संलग्न क्षेत्रको माध्यम मार्फत मुलुकको आर्थिक बिकाश, सामाजिक सेवा र नागरिक सेवमा निरन्तर पबित्र सेवाभाबले कार्य गर्दै आएको र सेवा मुलक ब्यबसाय, सामाजिक क्षेत्रमा सक्रिय भई महिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप बस्नेतलाई राष्ट्रिय प्रेस क्लब नेपालले उनको कार्यलाई उच्च मुल्यांकन गर्दै सुमित्रा बस्नेतलाई प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको बाहुली बाट राष्ट्रिय आदर्श नारि सम्मान – २०७६ बाट सम्मानित गरेको हो ।

उक्त सम्मान कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति महामहिम सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सामाजिक, आर्थिक, तथा महिला ससक्तिकरण मार्फत राष्ट्र प्रति उत्तरदायित्व बहन गर्दै समाजमा पुर्याएको बिशिस्ट योगदान स्वरुप बरिष्ट समाजसेवी सुमित्रा बस्नेत विभिन्न दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी छिन ।