Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

Sunday, March 8, 2020 National Power

कैलाली – धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । मेयर नृपबहादुर वडले शुक्रबार विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरमा आइतबारदेखि विद्यालय विदा दिन निर्देशन दिएका थिए । कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो ।

शनिबार उपमहानगरले निर्णय उल्टाएको छ । मेयर वडले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न र फागुन २८ देखि परीक्षा सुरु गर्न निर्देशन दिएका छन् । सङ्घीय सरकारको शिक्षा मन्त्रालयले यसअघि नै चैत ५ गतेभित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो । तर धनगढीले परीक्षा समेत स्थगित गरेर विदा दिने निर्णय गरेपछि आलोचना भएको थियो । उपमहानगरपालिकामा बसेको सारोकारवालाहरुको बैठकले सङ्घीय सरकारको परिपत्र अनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

‘कक्षा १(९ सम्मको वाषिर्क परीक्षा सङ्घीय सरकारले तोकेको मितिमा हुने भएको छ’ उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत महादेश जोशीले भने, अब त्यहीअनुसार शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराइएको छ ।’ धनगढी उपमहानगरपालिका भित्र १०७ निजी र ७३ सामुदायिक विद्यालय छन् ।