Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

नरहरि प्रेमी र रश्मि चौधरीको डिजे शैलीको होली गीत सार्वजनिक । ( भिडियो सहित )

Friday, March 6, 2020 National Power

लोकप्रिय युवा गायक र संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ । रंगको पर्व होली(फागु) लाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् । निकै नै पावरफुल आवाजका धनी नरहरि प्रेमीसँगको युगल गायनमा हरसम्भव साथ निभाउने कोशिस गरेकी छिन् रश्मि चौधरीले ।

जस्तोसुकै गीतमा उत्तिकै जबर्जस्त प्रस्तुति दिने अव्वल दर्जाका गायक नरहरि प्रेमीले यो आयो होली गीतमा पनि आफ्नो दमदार आवाजको जादु छर्न सफल भएका छन् । गीत सुन्योकि नाँचिहालुँझै लाग्ने यस गीतको संगीत र एरेञ्ज पक्ष पनि उत्तिकै सबल देखिन्छ । साह्रै सरल तर गहकिला भाव छल्किने यस गीतलाई समग्र हिसावले नयाँपन दिनमा प्रेमी सफल भएको कुरा गीत सुन्नासाथै प्रस्ट हुन्छ ।

आफ्ना हरेक सिर्जनामा नौला नौला प्रयोग गर्न रुचाउने प्रेमीको यो गीत पनि होली सम्बन्धि गीतहरुमा अहिलेसम्मकै पृथक बनेको महशुस हुन्छ । एरेञ्जर लक्षु प्रकाश मल्ल र रेकर्डिष्ट जीवन बडुको मिक्सिङ कार्य पनि प्रशम्सनिय छ । श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको आयो होली गीतका गायक नरहरि प्रेमीको चिप्पक चिप्पक बोलको गीत पछिल्लो समयको निकैनै चर्चित गीत हो ।

हालैमात्र पे्रमकर्जा बोलको गीत बजारमा प्रेमी आफैमा संगीतका एक असल गुरु पनि हुन् । नियमित रुपमा युट्यब च्यानल मार्फत अनलाईन संगीत शिक्षा प्रदान गर्दै आइरहेका भर्सटायल गायका नरहरि प्रेमीको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको आयो होली गीतले यसपालिको होलीमा सबैलाई मज्जासँग नचाउने र झुमाउने कुरामा ढुक्क हुन सकिन्छ । डिजे र टा«न्स शैलीको सुनुुसुन र नाचुँनाचुँ लाग्ने आयो होली गीतले सबै श्रोता दर्शकको मन जितोस हाम्रो पनि शुभकामना ।