Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

भुटानमा कोभिड-१९ को पहिलो संक्रमण

Friday, March 6, 2020 National Power

थिम्पु — भुटानमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । भुटानको स्वास्थ्य मन्त्रालयले भुटानमा रहेका एक अमेरिकी नागरिकमा बिहीबार कोभिड–१९ संक्रमण भेटिएको जानकारी दिएको छ । भुटान भ्रमणमा आएका ७६ वर्षीय अमेरिकी नागरिकमा भाइरसको संक्रमण देखिएको द भुटनिजले जनाएको छ। उनी ड्रुक एयरमार्फत भारतको गुवाहटी हुँदै भुटानको पारो विमानस्थलमा मार्च २ मा ओर्लिएका थिए।

ती व्यक्ति फेब्रुअरी २१ मा भारत भ्रमणमा आएको र त्यसपछि भुटान आएका थिए। उनी फेब्रुअरी १८ मै अमेरिकाको वासिङ्टनबाट यात्रा सुरु गरेका थिए। उनीसँग उनको ५९ वर्षीया साथी पनि रहेको भुटानी अधिकारीहरुले जानकारी दिएका छन्। विमानस्थलमा चेक गर्दा सामान्य ज्वरो मात्रै देखिएको बताइए पनि पछि थिम्पुको एउटा अस्पतालमा चेक गर्दा उनमा कोभिड–१९ संक्रमण देखिएको हो।

डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ ले विश्वका ८० भन्दा बढी देशमा फैलिइसकेको छ। यसको संक्रमणबाट ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ९८ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।