Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कोरोना संक्रमण नभएको खबरले दिएको खुसी

Tuesday, March 3, 2020 National Power

काठमाडौं –  चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुसी साटेका थिए ।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहा“ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरिएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका छन् ।