Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चीनबाट फर्किएलगत्तै मंगोलियाका राष्ट्रपति क्‍वारेन्टाइनमा

Saturday, February 29, 2020 National Power

चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बट्‍टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ । हालसम्म कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो । चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

मंगोलियाका राष्ट्रपति बट्‍टुल्गा खल्तमा, शुक्रबार चीन भ्रमणबाट फर्किएका उनलाई सुरक्षाका हिसाबले १४ दिन क्‍वारेन्टाइनमा राखिएको छ । कोभिड-१९ को संक्रमण देखिएपछि चीन भ्रमण गर्ने खल्तमा पहिलो राष्ट्रप्रमुख हुन् । उनी बिहीबार विदेशमन्त्री सोगबटार दामदिन र वरिष्ठ सरकारी अधिकारीहरुसँग चीन भ्रमणमा आएका थिए। राष्ट्रपति खल्तमाले चिनियाँ समकक्षी सी चिनफिङ तथा प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका थिए।

शुक्रबार ७ मुलुकमा पहिलो संक्रमण

७ वटा मुलुकमा शुक्रबार पहिलोपटक कोभिड–१९ संक्रमण पाइएको छ । अफ्रिकी राष्ट्रमध्ये सबैभन्दा धेरै जनसंख्या रहेको नाइजेरियामा भाइरस संक्रमण पुष्टि भएको छ । इटालीबाट आएका एक पुरुषमा संक्रमण पाइएको स्वास्थ्य अधिकारीले जनाएका छन् । न्युजिल्यान्डमा पनि पहिलो संक्रमित पुष्टि भएको छ । इरानबाट फर्किएका एक व्यक्तिमा कोभिड–१९ देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । पूर्वी युरोपका बेलारुस र लिथुवानियाले पहिलोपटक आफ्ना देशमा कोभिड–१९ को संक्रमण पाइएको जनाएका छन् । इस्टोनिया, मोनाको र नेदरल्यान्ड्सले पनि भाइरस संक्रमित रहेको पुष्टि गरेका छन् ।

बेलायती नागरिकको मृत्यु

कोभिड–१९ बाट जापानमा एक बेलायती नागरिकको मृत्यु भएको छ । योकोहामामा राखिएको प्रिन्सेस डायमन्ड पानीजहाजमा रहेका उनको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसले उत्पन्न गराउने रोग कोभिड–१९ का कारण मृत्यु हुने उनी पहिलो बेलायती नागरिक हुन् । बेलायतले गत शनिबार उक्त पानीजहाजबाट ३२ जनालाई स्वदेश फर्काएको थियो । हाल उनीहरूलाई विर्रालस्थित एरो पार्क अस्पतालमा दुई साताका लागि क्वारेन्टाइनमा राखिएको छ । जापानमा मृत्यु भएका बेलायतीमा भने संक्रमण देखिएपछि त्यतै राखिएको थियो ।

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी स् कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ
बेलायतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इरानमा रहँदा अर्का दुई बेलायतीमा संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । बेलायतमा हालसम्म २० जनामा कोरोना संक्रमण पाइएको छ । हङकङबाट प्रिन्सेस डाइमन्ड पानीजहाजमा यात्रा गरेका एक पुरुषलाई कोरोना भाइरस संक्रमण पाइएपछि फेब्रुअरीको पहिलो सातादेखि उक्त जहाजलाई जापानको तटीय सहर योकोहामामा क्वारेन्टाइनमा राखिएको छ । पानीजहाजमा यात्रा गरेका मात्रै ६ जनाको कोभिड–१९ ले मृत्यु भएको छ ।

विश्‍वभर २९२३ को मृत्यु, ८५ हजारभन्दा बढी संक्रमित

शनिबार बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या २ हजार ९ सय २३ पुगेको छ। त्यसमध्ये चीनमा मात्रै २ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ। चीनबाहिर विभिन्न ८ मुलुकमा कोभिड-१९ ले ८८ जनाको मृत्यु भएको छ।

चीनबाहिर इरानमा सबैभन्दा बढी ३४ जनाको मृत्यु भएको छ। शनिबार बिहानसम्म इरानमा ३ सय ८८ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। इरानका उपराष्ट्रपति र उपस्वास्थ्यमन्त्रीलाई नै संक्रमण देखिएको छ।

त्यस्तै चीनबाहिर दक्षिण कोरियामा तीव्र रुपमा कोभिड-१९ को संक्रमण फैलिएको छ । शुक्रबार मात्रै दक्षिण कोरियामा थप एक हजार एक सय ६५ जनामा कोभिड संक्रमण देखिएको छ। शनिबार बिहानसम्म कोरियामा १६ जनाको मृत्यु भएको छ भने दुई हजार ९ सय ३१ जनामा संक्रमण देखिएको छ। त्यस्तै इटालीमा २१ जनाको मृत्यु हुनुका साथै ८ सय ८९ जनामा संक्रमण देखिएको छ।

डायमन्ड प्रिन्सेस पानीजहाजमा समेत गरी जापानमा ११ जनाको मृत्यु भएको छ भने ९ सय ३९ जनामा संक्रमण देखिएको छ। त्यस्तै फ्रान्स र हङकङमा २-२ जना र फिलिपिन्स र ताइवानमा १-१ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन्।