Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौता हुँदै

Saturday, February 29, 2020 National Power

काठमाडौं-  अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने छ । एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार शनिबार दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य हुनेछ । अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण गर्दै आएको थियो । पछि अमेरिकाले नै शान्ति सम्झौताको पहल गरेको थियो । सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेका थिए । खलिलजादकै पहलको प्रतिफल हो यो अमेरिका–तालिवान शान्ति सम्झौता ।

दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शनिबार नै अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा हुने छ । संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर, उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो०का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत बिभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहने छ । घोषणासभापछि मात्र अफगान राष्ट्रपति घानीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।

सन् २००१ अक्टोबर ७ बाट अमेरिकाले अफगानिस्तानमा तालिवान सरकारविरुद्ध युद्ध सुरु गरेको थियो । सोही वर्ष अमेरिकाको पेन्टागनस्थित ट्वीन टावरमा हमला भएको थियो । यो हमलाका योजनाकार अलकायदा प्रमुख ओसामा विन लादेन भएको र उनी अफगानिस्तानमा तालिवानको संरक्षणमा रहेको निष्कर्ष अमेरिकाको थियो । त्यसैले ओसामा विन लादेनलाई अमेरिकाको जिम्मा लगाउन तालिवानलाई अमेरिकाले आग्रह गर्यो ।

तर, अमेरिकाको सो आग्रह तालिवानले अस्वीकार गर्यो । त्यसको १० वर्षपछि अर्थात् २०११ मे २ मा ओसामा विन लादेन अमेरिकी सुरक्षाकर्मीबाट पाकिस्तानको अबोटावादमा मारिएका थिए ।