अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा आज बाट प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ सुरु भएको छ ।
काभ्रेपलान्चोक जिल्ला बाट महोत्सवमा आज व्यापक झाँकि सहित काभ्रेको पहिचान झल्काउने गरि उपस्तिथि भएको काँठे लोक दोहोरी महोत्सवका काभ्रे संयोजक युवराज चौलागाईंले बताए ।
भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो ।