Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सार्वजानिक सवारी साधनमा म्यूजिक सिष्टम राख्न पाउने (विज्ञप्ति सहित)

Tuesday, February 25, 2020 National Power

काठमाडौं – यायातायात व्यवस्था विभागले २०७६ पुस १९ गते जारी गरेको सुचनाको बुदा नम्बर ३ सवारी साधनको क्याविनमा अनावश्यक सजावटको सामान एवं म्युजिक सिस्टम नराख्ने र राखेको भए हटाउने भनि प्रकाशन गरेको सुचना लाई २०७६फागुन ११ गते पुन अर्को सुचना प्रकाशीत गरि सार्वजनिक सवारी साधन हरुमा चालकको क्याविनमा भन्दा बाहेक अन्य स्थानमा म्युजिक सिस्टम राख्न पाउने भनि सुचना प्रकाशित गरेको छ ।

चालकको ध्यान खिच्ने गरी अनावश्यक साजसज्जा गरेर क्याविनमा राखिएको म्युजिक सिस्टम मात्रै हटाउन आग्रह गरिएको तर गाडीको अन्य ठाउँमा राखेर बनाउन रोक नलगाइएको जारी सुचनामामा उल्लेख छ ।

संगीत तथा चलचित्र उत्पादक समाजले यस विषयमा भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय एवं यातायात व्यवस्था विभाग संग छलफल गरेको थियो छलफल पश्चात जारी सुचना पछि संगीत एवं चलचित्रकर्मीहरुको प्रतिलिपि अधिकारी र रोयल्टीको विषयमा रहेको अन्यौल हटेको समाजका अध्यक्ष निर्मल राज ढकालले वताएका छन ।