Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

‘कोइ भन्छन् मलाई स्वर्गकी परी‘’ को छायाँकन

Tuesday, February 25, 2020 National Power

काठमाडौं- अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन् । सन्तोष श्रेष्ठको सङ्गीत, मनोज चौलागाईको सङ्गीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको यस गीतको छायाँकन गरिएको छ ।

‘कोइ भन्छन् मलाई स्वर्गकी परी, कोइ भन्छन् मलाई घर्तिकी सुन्दरी‘’ बोलको गीतमा नृत्याङ्गना तथा मोडल शुशीला थापाले ठुम्का लगाएकी छिन् । गीतको नृत्य तथा निर्देशन राजीव बलामिले गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईले खिचेका छन् ।

फर्पिङको रमणीय दृश्यमा भिडियो निर्माण गरिएको छ । गीतको स्टिल फोटोग्राफी राम ढकालले गरेका छन् भने श्रृङ्गार कविता तोलाङ्गीले गरेकी छिन् । गीतलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।