Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

दक्षिण कोरियामा पनि कोरोना संक्रमितको संख्या एकै दिन दोब्बर

Monday, February 24, 2020 National Power

काठमाण्डौ –  दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् । शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरेका छन् । अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको संख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस संक्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य संगठनका प्रमुखले बताएका छन् । उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन् । चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ ।