Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

४४ हजार नेपाली बस्ने कोरियामा कोरोनाको त्रास

Monday, February 24, 2020 National Power

काठमाडौं –  चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया पनि प्रभावित बन्न पुगेको छ । त्यहाँका विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको दूतावासका श्रम कन्सुलर डिल्लिराम बास्तोलाले जानकारी दिए ।

‘अहिलेसम्म कुनै नेपालीमा यस्तो संक्रमण भएको खबर छैन,’ उनले भने, ‘देशभर आइतबार मध्यान्हसम्म ५५६ जना संक्रमित भेटिएका छन् । ४ जनाको मृत्यु भएको छ । संक्रमण फैलिन सुरु गरेपछि सरकारले उच्च सतर्कता आपनाएको छ, हामी पनि नेपालीहरुलाई सचेत बनाउन लागेका छौं ।’