Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

फूलैफूलले सजिएको पशुपतिनाथ

Saturday, February 22, 2020 National Power

काठमाडौं –  महाशिवरात्रीको दिन पशुपतिनाथ भन्नासाथ धेरैको मानपटलमा दर्शनार्थीको भीड र गाँजा तानेर धुँवा उडाइरहेका नागा बाबाहरुको दृश्य आउँछ । तर यो पटक पशुपतिको दृश्य फरक छ । फूलैफूलले सजिएको पशुपति लोभलाग्दो देखिएको छ ।

पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलको बनाइएको छ, जसमा आकर्षक ढंगले ओमनम शिवाय देखिएको छ । शिवलिंगदेखि शिवको बहान साँढे समेत फूलैफूलले बनाइएको छ । मन्दिरको मूल गेटसमेत फूलले सजाइएको छ । आकर्षक तरिकाले सजाइएको फूललाई पृष्ठभूमिमा पारेर तस्वीर तथा सेल्फी खिच्नेहरुको भीड नै लागेको छ । पशुपति क्षेत्रलाई सजाइएका फूलहरु थाइल्याण्ड, अस्टेलिया तथा भारतको मुम्बईबाट ल्याइएको हो । र, यसमा झण्डै २ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

शिवरात्रीकै लागि भनेर भारतीय दर्शनार्थीहरुले आफ्नै खर्चमा फूल ल्याएर सजाइदिएको पशुपति विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए । उनले भने, ‘यसबर्ष मन्दिर सजावटका लागि आएको २ करोडको फूल भारतबाट डोनेसनमा आएको हो । कोषले फूलका लागि एक रुपैयाँ पनि खर्च गरेको छैन ।’