Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

गौतम समाज काभ्रेले गर्ने लाग्यो कुलपुजा

Thursday, February 20, 2020 National Power

 

९ , फागुन / बनेपा – काभ्रे गौतम समाज काभ्रेको आयोजनामा सामुहिक कुलपुजा हुने भएको छ । चौरिदेउराली ६ काभ्रेका सबै गौतम बन्धुहरु छुट्टीएर देश तथा बिदेश जानू भएको छ जो जहाँ भए पनि सबै लाई एक मुस्ट गराउने र सबै पुख्र्यौली ( सन्तु उपाध्याय ) का सन्ततिहरु लाई समेटेर कुलपुजा गर्न लागिएको गौतम समाज काभ्रेका अध्यक्ष माधव गौतमले जानकारी दिनु भयो ।

चौरिदेउराली ६ काभ्रेका गौतम बन्धुहरुको सामुहिक कुलपुजा यहीँ आउदो फागुन १६ गते शुक्रबारका दिन हुन लागेको गौतम समाजका महासचिव गोकुल गौतमले जानकारी दिनु भयो साथै गौतम समाजको कुलपुजा भने सिम्पानी चौर ज्यामिरेमा ६ मा हुने भएको छ ।

सन्तु उपाध्यायका सन्ततिहरु सम्पुर्ण छुट्टीएका बसेका पुख्र्यौली गौतम बन्धुहरुलाई एकमुस्ट कुलपुजा गराउने उद्देश्यका साथमा गौतम समाज काभ्रेले कुलपुजाको आयोजना गर्न लागेको बताइएको छ ।