Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

गौतम समाजले गर्ने भयो कुल पुजा

Tuesday, February 18, 2020 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
६ , फागुन / बनेपा – काभ्रे गौतम समाज काभ्रेको आयोजनामा सामुहिक कुलपुजा हुने भएको छ । चौरिदेउराली ६ काभ्रेका सबै गौतम बन्धुहरु छुट्टीएर देश तथा बिदेश जानू भएको छ जो जहाँ भए पनि सबै लाई एक मुस्ट गराउने र सबै पुख्र्यौली ( सन्तु उपाध्याय ) का सन्ततिहरु लाई समेटेर कुलपुजा गर्न लागिएको गौतम समाज काभ्रेका अध्यक्ष माधव गौतमले जानकारी दिनु भयो ।

चौरिदेउराली ६ काभ्रेका गौतम बन्धुहरुको सामुहिक कुलपुजा यहीँ आउदो फागुन १६ गते शुक्रबारका दिन हुन लागेको गौतम समाजका महासचिव गोकुल गौतमले जानकारी दिनु भयो साथै गौतम समाजको कुलपुजा भने सिम्पानी चौर ज्यामिरेमा ६ मा हुने भएको छ ।

सन्तु उपाध्यायका सन्ततिहरु सम्पुर्ण छुट्टीएका बसेका पुख्र्यौली गौतम बन्धुहरुलाई एकमुस्ट कुलपुजा गराउने उद्देश्यका साथमा गौतम समाज काभ्रेले कुलपुजाको आयोजना गर्न लागेको बताइएको छ ।