Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

खरिपाटी क्वारेन्टाइन : स्थानीय डराएपछि घर–घरमा प्रजिअ, स्वास्थ्यमन्त्री पनि जाँदै

Tuesday, February 18, 2020 National Power

काठमाडौं – चीनबाट उद्धार गरिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि कोरोना भाइरस संक्रमणको त्रास वरपर छाएको छ । यही त्रासमा कतिपय स्थानीयले घर छाडेका समाचार सार्वजनिक भएका छन् । यहीबीच, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जनचेतना जगाउन घरघरमा पुगेकी छन् ।

‘कतिपयले घर छाडे भन्ने सुनियो । के रहेछ भनेर बुझ्न र सम्झाउन हिँजो स्थानीयबासीलाई भेटेका थियौं, आज पनि भेट्छौं हामी,’ उनले अनलाइनखबरसँग भनिन् । स्थानीयबासीलाई भेटेर कोरोना भाइरस संक्रमित व्यक्तिलाई खरिपाटीमा नराखिएकाले नडराउन भनिएको उनले जानकारी दिइन् । खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको पाण्डेको भनाइ छ ।