Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

दोस्रो काठमाण्डौ रोड सेफ्टी फिल्म फेष्टिवलसम्पन्न

Sunday, February 16, 2020 National Power

सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसन (NASA) को आयोजना दोस्रो Kathmandu Road Safety Film Festival सम्पन्न भएको छ।

रसियन कलचर सेन्टरको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ माननीय सांसद रंगमती शाहीले गर्नु भएको थियो भने कार्यक्रममापुर्व डिएसपी बिपिन गौतमले सडक सुरक्षा तथा सेफ स्कुल नेपालको तर्फ बाट आत्मिय सिलवालले संस्थाको परिचय तथा उदेश्य बारे प्रस्तुति गर्नु भएको थियो। साथै जुरी टिमको तर्फ बाट वरिष्ट कलाकार आरपी पन्त, निर्देशक सुचित्रा श्रेष्ठ तथा माधव खरेल, पुर्व डिएसपी बिपिन गौतम र पत्रकार स्वस्तिका पन्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा १२ जना नेपाली कलाकार द्वारा अभिनित “SAVE #3500 LIVES Campaign ” भिडियो समेत लन्च गरिएको थियो । Fédération Internationale de Motocyclisme (FIM) को सहयोगमा आयोजित सो फेस्टिवलमा कुल १८ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए जस मध्ये दिपक ठकुरी द्वारा निर्दे्शित फिल्म उडेको सपना उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने किशोर अनुरागद्वारा नै निर्देशित फिल्म “End of Dream”दोस्रो र नेत्र बहादुर खड्का द्वारा निर्दे्शित “Wrong Step” नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो।बिजेता फिल्महरुलाई क्रमश ५०,०००, ३०,००० , २०,००० नगद सहित शिल्ड, सर्टिफिकेट प्रदान गरियो ।

सहभागी तथा बिजेताहरुलाई कार्यक्रमका संयोजक इश्वर बल्लव उप्रेती तथा जुरी टिमले सर्टिफिकेट तथा पुरस्कार प्रदान गर्नु भएको थियोे ।