Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

‘नेपाली भूभाग नै फिर्ता ल्याउने तयारी छ भने नयाँ नक्सा छाप्न के भयो र ?

Saturday, February 15, 2020 National Power

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहित कालापानी क्षेत्रको नेपाली भूभाग फिर्ता ल्याउने प्रयास भइरहेको बताएका छन् । शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानीको सीमा विवादबारे बोलेका हुन् । केही समय पहिले भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफूतिर पार्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि सीमा विवाद चर्किएको थियो । लगत्तै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागीहरुले भारतसँग प्रधानमन्त्रीस्तरमै संवाद गर्न र सीमा विवाद सुल्झाउन आग्रह गरेका थिए ।

तर अहिलेसम्म प्रधानमन्त्रीस्तरमा सीमा विवादबारे संवाद हुन सकेको छैन । नेपालले परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने प्रस्ताव राखेपनि भारतले सहमति नदिँदा छलफल हुन सकेको छैन । शनिबार संसदमा प्रधानमन्त्रीको सम्वोधनपछि पुरक प्रश्न गर्दै सांसदहरुले प्रधानमन्त्रीस्तरमा वार्ता कहिले हुन्छ र संसदीय समितिको निर्देशन अनुसार लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा कहिले सार्वजनिक हुन्छ भनेर सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको भूभाग नेपालले छाड्दैन । काली नदीको मुहानदेखि यता लिम्पियाधुरा, लिपुलेक र महाकाली क्षेत्र तथ्य र प्रमाणहरुले नेपालकै हो भन्ने देखाउँछ । नेपाली भूमि फिर्ता ल्याउन सरकारले प्रयास गरिरहेको छ ।’ ‘फलानै दिनमा फिर्ता ल्याउँछौं भनेर एकतर्फी भन्ने कुरा होइन । दुई तर्फी संवाद र कुराकानीबाट फिर्ता गर्न प्रयासरत छौं ।’ नयाँ नक्सा कहिले छापिन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली भूभाग नै फिर्ता ल्याउन तयारी गरी रहेका छौं भने नक्सा छाप्न के भयो र रु तुरुन्तै छापिन्छ ।’