Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

ज्योति फिल्मस म्युजिक अवार्ड भब्य रुपमा सम्पन्न

Friday, February 14, 2020 National Power

 

काभ्रेपलान्चोक –  बनेपा ‘पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’ भन्ने मुल नाराका साथ् ज्योति फिल्मस प्रालिको आयोजनामा हिजो राष्ट्रिय नाच घर जमल बाट ज्योति फिल्मस म्युजिक अवार्ड भब्य रुपमा सम्पन्न भएको छ ।

सहरी बिकास राज्यमन्त्री राम वीर मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा ७ जना चर्चित पत्रकारहरु राजु बोहरा , अरबिन्द्र गौतम , सुमन बैरागि , कृष्ण भट्टराई , सन्तोष दाहाल , शिबराम भण्डारी र बर्षा सिलवाल सम्मानित हुनु भएकको थियो ।

ज्योति फिल्मस म्युजिक प्रालिको दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधा बाट उत्कृष्ठमा परेका परेका श्रष्ठाहरुलाई अवार्ड र प्रमाण पत्र वितरण कार्य सम्पन्न गरिएको छ । उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो भने अवार्ड कार्यक्रम लाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियो बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।