Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सकियो स्वस्थानी व्रत, माधवनारायणको मेला पनि समापन

Sunday, February 9, 2020 National Power

पौष शुक्लपूर्णिमादेखि स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज माघ शुक्लपूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवसहित स्वस्थानी देवीको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

स्कन्द पुराणको केदार खण्ड, माघ महात्म्यको कुमार र अगस्त्यबीचको संवाद भएको प्रसङ्गलाई स्वस्थानीका रुपमा माघ महिनामा घरघरमा वाचन गर्ने परम्परा नेपाली समाजमा छ, । यहाँ वर्णन गरिएका धेरै स्थान नेपालकै भएकाले पनि स्वस्थानी नाम दिइएको हो, यो व्रत गरेमा मनले चिताएको कुरा पूरा हुन्छ भन्ने मान्यता छ।

आजका दिन १०८ जनै, सुपारी, रोटी, फूल, अक्षतालगायत सामग्री स्वस्थानीलाई चढाउने विधि रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् विष्णुको निर्देशनमा स्वस्थानी देवीको व्रत गरी श्रीमहादेव पति पाएको विश्वास छ । स्वस्थानी समापन गर्ने माघ शुक्ल पूर्णिमाका दिन साँखुस्थित शालीनदीमा अश्वमेध यज्ञसमेत गरिन्छ । शालीनदीमा आजै एकमहिने माधवनारायणको मेलासमेत समापन गरिन्छ ।