Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

चीनबाट निर्यात हुने सामानहरु छुँदा पनि फैलन सक्छ कोरोना भाइरस ?

Thursday, February 6, 2020 National Power

चीनबाट शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले संसारको विभिन्न देशहरुमा पनि देखिन थालेको छ । यो भाइरसका कारण मर्नेहरुका संख्या ३०० भन्दा माथि पुगिसकेको छ । त्यस्तै अहिलेसम्म यो भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या १४ हजार भन्दिा बढी भैइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले तिव्र रुपमा फैलँदै गएको यो भाइरसको विश्वव्यापी संकटकाल घोषित गरिसकेको छ । यो भाइरसको संक्रमणले पहिलो पटक चीनमा नै मानिसहरुको मृत्यु भएको थियो । तर आइतबार आएको एउटा सूचनाका अनुसार फिलिपीन्समा पनि एक जना व्यक्तिको मृत्यु यही भाइसरको संक्रमण कारण भएको छ । यसबाहेक संसारभरीका मानिसहरुको मनमा यो भाइरसंग सम्बन्धित विभिन्न प्रश्नहरु उब्जिरहेका छन् ।

 के चीनमा उत्पादित सामानहरु छुनाले पनि कोरोना भाइरस फैलन सक्छ ?

इन्टरनेटमा धेरै मानिसहरुले यो प्रश्न सोधिरहेका छन् । के चीनको वुहान अथवा अन्य ठाउँहरु, जुन कुनै भाइरसको चपेटामा छ, त्यस्ता ठाउँहरुबाट निर्यात हुने सामानहरुलाई छुनाले यो भाइरस फैलन सक्छ ? यो प्रश्नको जवाफमा बीबीसी भन्छ-अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन । जसको आधारमा वुहान अथवा अन्य संक्रमित स्थानहरुबाट निर्यात भएका सामानहरुलाई छुँदा यो भाइरस फैलन सक्छ भन्ने सकिन्छ । तर यो भन्दा अगाडि पनि सन् २००३ मा चीनले सार्स नामक भाइरसको सामना गरेको थियो जसका कारण संसार भरीका ७०० भन्दा बढि मानिसहरुले ज्यान गुमाएका थिए । सार्सको कुरा गर्नु पर्दा यदि संक्रमित व्यक्तिले खोक्दा अथवा हाक्छ्यूँ गर्ने क्रममा भाइरस पुगेको छ भने त्यस्ता ठाउँ अथवा सामानहरु छुँदा त्यो भाइरसको संक्रमण हुन सक्थ्यो ।

तर कोरोना भाइरसको केशमा भने अहिलेसम्म यो कुरा प्रमाणित भएको छैन । तर यदि यो भाइरस सामानहरुको माध्ययमबाट फैलन सक्षम भए भने पनि त्यसबेलामा अर्को एउटा प्रश्न खडा हुनेछ, के अन्तर्राष्ट्रिय शपिङमा एउटा ठुलो समस्या खडा हुन्छ ?

रुघाखोकिबाटका कारण उत्पन्न हुने भाइरस शरीर बाहिर २४ घण्टासम्म बाँच्छन् भने कोरोना भाइरस मानिसको शरीर बाहिर कैयौं महिनासम्म बाँच्छन् । तर अहिलेसम्म यो भाइरसबाट कोहि मानिस संक्रमित हुनका लागि यसबाट संक्रमित मानिसको सम्पर्कमा आउँदा मात्र कोरोना भाइरसबाट संक्रमित हुने गरेको पाइन्छ ।

चीनमा यस्ता भाइरसहरु किन उत्पन्न हुन्छ ?

यो प्रश्नको जबाफमा बीबीसी भन्छ-चीनमा एउटा ठुलो जनसंख्या जनावरहरुको नजिक रहन्छन् । यो कोरोना भाइरस पनि कुनै जनावरबाट मानिससम्म पुगेको हो । यो भाइरस सर्पबाट मानिसमा फैलिएको धेरैको आशंका रहेको छ । कोरोना जस्तै सार्स भाइरस पनि चीनबाट नै शुरुवात भएको थियो र त्यो चमेरो र सिभेट बिरालोबाट फैलिएको थियो । यो संक्रमणको शुरुवाती केशहरु दक्षिणी चीनको सी फूड होलसेल मार्केटसम्मा पुगेको थियो । यी बजारहरुमा कुखुरा,चमेराको साथमा सर्प पनि बेचिन्थ्यो ।

के कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्य पहिला जस्तै हुन्छ ?

यसको जबाफमा बीबीसी भन्छ-यो भाइरसको संक्रमणपछि पनि स्वास्थ पहिला जस्तै हुने सम्भव हुन्छ । यो भाइरसको संक्रमित धेरै मानिसहरुमा हल्का किसिमको लक्षण देखिन्छ । जसमा ज्वरो, खोकि र सास फेर्न गाह्रो हुने समस्याहरु समावेश छन् । धेरै जसो मानिसहरु कोरोना भाइरसको समस्याबाट मुक्त भएपछि पूर्ण रुपले ठिक हुन्छन् । तर यो भाइरसल वृद्ध मानिसहरु र पहिलाबाट नै डाइबिटीज र क्यान्सर जस्ता रोगहरुबाट ग्रसित भएका मानिसहरुका लागि अति नै खतरनाक हुन्छ । यसको साथै कमजोर रोग प्रतिरोधक क्षमता भएका मानिसहरुका लागि पनि अति नै खतरनाक हुन्छ ।

इन्क्यूबेसन पीरियड के हो र यो भाइरसको इन्क्यूबेसन पीरियड कति हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि भाइरसको इन्क्यूबेसन पीरियड भनेको त्यो समय हो जुन क्रममा व्यक्ति भाइरसबाट संक्रमित हुन्छ । तर त्यो व्यक्तिको स्वास्थ्यमा त्यो भाइरसको असर देखिंदैन । अहिलेका लागि यो भाइरसको इन्क्यूबेसन पीरियड २ देखि १० दिनबीचको भनिएको छ । तर सही मुल्याकनका लागि अझ धेरै जानकारीको आवश्यकता छ ।

कुनै पनि भाइरसको इन्क्यूबेसन पीरियड बुझ्नु अति नै आवश्यक हुन्छ । डाक्टर र सरकारहरुले यसको सहयोगले भाइसरको प्रसारलाई रोक्न सक्छन् । यसको अर्थ यदि उनीहरुलाई यो कुराको बारेमा पत्ता लाग्यो भने उनीहरुले त्यस्ता मानिसहरुलाई अलग गर्न सक्छन्, जसमा संक्रमित हुने आशंका धेरै हुन्छ ।

के यो भाइरसको कुनै भ्याक्सिन छ?

यो भाइरसको अहिलेसम्म कुनै भ्याक्सिन फेला परेको छैन । तर सर्वेक्षणकर्ताहरु यो भाइरसको भ्याक्सीन बनाउनमा दिनरात जुटिरहेका छन् । कोरोना भाइरस एउटा त्यस्तो भाइरस हो, जुन मानिसहरुमा पहिले कहिल्यै देखिएको थिएन ।

बिबिसीबाट