Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

बालुवाटारमा बाँसुरी बजाउँदै प्रधानमन्त्री !

Wednesday, February 5, 2020 National Power

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यही कारण प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलाबखत सांगीतिक कार्यक्रमहरु भइरहन्छन् । मंगलबार राति पनि बालुवाटारको माहौल संगीतमय बन्यो । प्रधानमन्त्री ओली आफैंले बाँसुरी बजाए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटे ।

बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य प्रतिष्ठान र संगीत तथा नाट्य संगीत प्रतिष्ठानको सहकार्यमा ‘नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कलाकारहरुले सांगीतिक धूनहरु पस्केका थिए भने प्रधानमन्त्री निवासका तर्फबाट रात्रीभोज पस्कने काम भएको थियो । सारंगी साँझका अवसरमा बालुवाटारको भवन दिपावलीमा जस्तै झकिझकाउ पारिएको थियो ।

‘सारंगी साँझ’ मा सत्तारुढ दलका शीर्ष नेताहरु, बहालवाला मन्त्रीहरु र संगीतका पारखीका साथै भर्खरै राजीनामा दिएका उच्चपदस्थ कर्मचारीसमेत देखिन्थे । सारंगी साँझ सुरु हुनुअघि बालुवाटारमै भएको सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सारंगी साँझमा सहभागी हुन पत्रकारहरुलाई पनि निम्तो दिएका थिए ।